आज २२११ जना संक्रमित निको भए, २३ जनाको मृत्यु

पोखरा। पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ९० जना रहेका छन् ।

कमेन्टहरु
Loading...