गोर्खापत्र बाजेको सम्झना, प्रथम स्मृति दिबस

गोकुल बानियाँ/पोखरा २१ माघ । पोखरामा पठन संस्कृतिको बिकासमा उल्लेखनिय योगदान दिने गोर्खापत्र बाजे अर्थात् स्व. चन्द्रकान्त पौडेलको पहिलो स्मृति दिबस आज मनाईएको छ । स्वतन्त्र पत्रकार संघ कास्कीद्धारा आयोजित स्मृति दिबसमा बोल्नेहरुले गोर्खापत्र बाजेलाई निडर, निर्भिक ब्यक्तित्वको रुपमा सम्झिए ।पत्रपत्रिकाको बिक्रि बितरणमा संलग्न उनले पोखरामा पढ्ने बानीको बिकास गराउन उल्लेखनिय योगदान पु¥याएको स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले बताए । पत्रिका किनेर पढ्नुपर्छ भन्ने बानी बसाल्ने गोर्खापत्र बाजे पोखरेलीहरुको प्रेरणाको स्रोत भएको उनले उल्लेख गरेका छन् ।

अधिबक्ता तिलक पराजुलीले कुनैपनि काम निष्ठापूर्बक गर्नुपर्छ भन्ने प्रतिनिधि पात्रको रुपमा गोर्खापत्र बाजेलाई चित्रण गरेका छन् । मानबअधिकारकर्मी राम बहादुर पौडेलले गोर्खापत्र बाजेको नाममा पत्रिका बितरकहरुको लागि राहात कोष स्थापना गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कलाकार भुपनिधि पन्त, पत्रकार सुरेश रानाभाट, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राज बहादुर गुरुङ, दिपेन्द्र श्रेष्ठ लगायतले गोर्खापत्र बाजे अबिश्मरणिय ब्यक्तित्व भएको बताए । पोखरेलीलाई पत्रिका किनेर पढ्ने बानी बसाउने गोर्खापत्र बाजेको एक बर्ष अघि आजैका दिन ८१ बर्षको उमेरमा निधन भएको थियो । उनि गत बर्षको माघ २१ गते पोखरा–१२ माटेपानी स्थित सेती नहरमा मृत भेटिएका थिए ।

बास्तबिक नाम चन्द्रकान्त पौडेल भएपनि उनि गोर्खापत्र बाजेको नामले चिरपरिचित थिए । पत्रिकाको हकरको रुपमा पेशा सुरु गरेका पौडेललाई पत्रिका बेचेकै आधारमा पोखरेलीहरुले गोर्खापत्र बाजेको उपाधि दिएका थिए । पोखराको पत्रकारिताको ईतिहासमा २०१७ सालमा हिमदुत प्रकाशन भएदेखि उनि यो पेशामा लागेका थिए । २०२६ सालदेखि गोर्खापत्र लगायत अन्य पत्रिकाको एजेन्सीको रुपमा काम गरी बितरणको जिम्मा लिदै उनले लिदै आएका थिए ।

गोर्खापत्र संस्थानबाट सबैभन्दा बढी पत्रिका बिक्रि गर्ने एजेण्टको रुपमा समेत सम्मानित उनी पछि गोर्खापत्र बाजेको रुपमा चिनिएका थिए । सुचनाको संबाहक गोर्खापत्र बाजे बिहान पसलमा आएका सबै पत्रपत्रिका पढ्थे, हरेक घटना परिघटनाको बारेमा जानकार रहन्थे । पत्रिका पढ्न आएका जो सुकै संग जुनसुकै बिषयमा बहस गर्न उनि माहिर थिए । किनकी उनमा सुचनाको भण्डारनै थियो । ‘समाचार जान्नुपर्छ , सुचनामा शक्ती हुन्छ, सुचना लिईरहने ब्यक्तिमा हरेक क्षमताको बिकास हुन्छ ’ भन्ने उनको अभिक्तिले धैरैलाई पत्रिका पढ्ने बानी बसाएको थियो । पञ्चायत कालमा लुकेर छापेका पत्रिकाहरु खुल्ला रुपमा बिक्रि गर्ने र पञ्चलाईनै घोचपेच गर्ने उनको निडर स्वभाब थियो ।

कमेन्टहरु
Loading...