आज ३०६६ जना संक्रमित निको भए, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन् ।

कमेन्टहरु
Loading...