नेपाल विद्यार्थी संघ पोखरा नगर समितिले विभिन्न कार्यक्रम गर्ने

पोखरा, २३ पौष/नेपाल विद्यार्थी संघ पोखरा नगर समितिले विभिन्न कार्यक्रम गर्ने भएको छ । नगर समितिको बैठकले कास्की जिल्लालाई भ्रष्ट्रचार मुक्त बनाउने विभिन्न अभियन सन्चालन गर्ने, विपि कोइरालाको शालिक सरसफाइ गर्ने लगायतका कार्यक्रमहरुको तय गरेको छ ।

समितिका नगर अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको बैठकमा नेविसंघ केन्द्रिय सदस्य सरोज केसिले नेविसंघ नगर समितिले जिल्ला सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले संगठनलाई मजबुद पार्नका लागी संगठन विस्तारलाई प्रथामिकतामा राखेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

जिल्ला अध्यक्ष कत्याणबाबु भण्डारीले नेविसंघलाई वडा वडा सम्म समिति विस्तार गरि संगठन विस्तारलाई तिव्रता दिनुपर्नेमा जोड दिए । भण्डारीले नेविसंघको जिल्ला अधिवेशनलाई सम्पुर्णले सहयोग गर्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...