स्थापना दिवसमा तालचोक सहकारीद्वारा खाद्यान्न सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २७ स्थित तालचोक कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा श्रीकृष्ण प्रणामी वृन्दावन धाम डाँडाकोनाकलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

सहकारीले चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका सामग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड – १९ को सङ्कटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको बताए ।

उक्त अवसरमा मास्क, स्यानिटाइजर लगायतका सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धामका गुरु स्वामी विष्णु वशिष्टले दाताहरूको सहयोगले आश्रमका रहेका ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जीवनयापनमा सहज हुँदै आएको बताए ।

कमेन्टहरु
Loading...