धादिङ पोखरा सम्पर्क समाजको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन सांसद बरालले पहल गर्ने

पोखरा ।गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले धादिङ पोखरा सम्पर्क समाजको पोखरामा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने बताएका छन्। समाजको बार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरामा आयोजित रंक्तदान कार्यक्रमको उद्घाटन गर्दै सांसद बरालले समाजको भवन निर्माण गर्न आवश्यक प्रकृया मिलायर आएमा जग्गा उपलब्ध गराउन पहल गर्ने बताएका हुन्।

 

कोरोनाकालमा समाजले रंक्तदान जस्तो पवित्र कार्यलाई यस बर्ष पनि निरन्तरता दिएकोेमा प्रशंसा गर्दै कोरोना शंक्रमण दर केही घटे पनि अझै सचेत र सजग हुनै पर्नेमा जोड दिए ।

 

समाजको १८ औं संस्करणको रंक्तदान कार्यक्रमबाट ७८ यूनिट रंक्त संकलन भएको मसाजले जनाएको छ । समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएकोे कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शुम्भु अधिकारी, कार्यक्रम संयोजक कुमार आचार्य लगायतले रंक्तदानको बारेमा चर्चा गरेका थिए ।

 

धादिङ पोखरा सम्पर्क समाजको चाहना, निःस्वार्थ समाज सेवाको भावना भन्ने नारा सहित समाजले हरेक बर्ष रंक्तदान सहित सामाजिक कार्य गर्दै आएको समाजको दाबी छ ।

कमेन्टहरु
Loading...