पोखरा, २१ माघ/नेतृत्व तथा विकास (लिड नेपाल) को दोश्रो अधिवेशनले भुर्तेलको अध्यक्षतामा नौ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । लिड नेपालको नवगठित कार्यसमितिको उपाध्यक्षमा राम बहादुर थापा, महासचिवमा अनुप अधिकारी, सचिवमा महेन्द्र भुर्तेल, कोषाध्यक्षमा दिपक भुर्तेल र सदस्यहरुमा क्रमशः चन्द्रमणि गौतम, कविता पराजुली, भावना शर्मा र पवित्रा के.सी. सर्वसम्मतले चयन भएका छन् ।
संस्थाका अध्यक्ष भुपेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र बाबु तिवारीले नेतृत्व विकास , सांगठनिक र संस्थागत विकासको लागि नेतृत्व हस्तान्तरण महत्वपूर्ण हुने कुरा बताए । औपचारिक कार्यक्रमको सञ्चालन अनुप अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य बिकास भुर्तेलले दिएका थिए । संस्थाका नवगठित कार्यसमिति अध्यक्ष बिकास भुर्तेलले संस्था अगाडि बढाउने कुरामा सबैले हातेमालो गर्दै जानुपर्ने कुरा बताउँदै संस्थाको भावी कार्यदिशा र रणनीतिक योजना बारे प्रष्ट पारे ।
पोखरामा क्रियाशील प्रध्यापक, व्यवसायी, पत्रकार, पेशाकर्मी यूवाहरुद्वारा सञ्चालित नेतृत्व तथा विकास (लिड नेपाल) तेश्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा संस्थालाई विभिन्न तवरले सहयोग प्रदान गरेका महानुभावहरुलाई सम्मान गरियो । संस्थाको बार्षिक कार्यक्रम र योजना प्रस्तुत गर्ने कार्यक्रममा कार्यसमितिको पहिलो बैठकबाट कार्यक्रम र संस्थागत विकासको लागि कार्यकारी निर्देशक नियुक्त गरिने निर्णयको जानकारी दिइयो ।