पोखरा टेड्र महलको बुकिङ्ग खुल्ला, एक अर्ब रुपैयाँ लगानीमा बन्दै

सागर राज तिमिल्सिना
पोखरा, २१ माघ/पोखरा टेड मलले बुकिङ्ग खुला गरेको छ । पोखरा चिप्लेढुङ्गा निमार्णको क्रममा रहेको मलले बुकिङ्ग खुला गरेको हो । करिब एक अर्ब रुपैयाँको लगानीमा ‘पोखरा टे«ड मल’ अहिले धमाधम निर्माण भईरहेको छ । पोखरा सहरभित्रका विभिन्न ठाउँमा व्यवसाय संचालन गरेर बसेका व्यवसायीहरु संगठित भएर न्यूरोड र चिप्लेढुङ्गा जोड्ने गरि सुविधा सम्पन्न टेड मलको भवन निमार्ण भैरहेको छ ।

गत चैत १ गतेदेखि निर्माण सुरु गरिएको यो ब्यापारीक मल पोखरामा हाल संचालनमा रहेका भन्दा सबैभन्दा ठुलो र सुविधासम्पन्न हुने संचालकहरुले बताएका छन् । महल निमार्णका काम करिब ७० प्रतिशत सकिएको मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले जानकारी दिए । उनले बुकिङ्ग खुली सकेको बताउदै बुकिङ्गका लागी ठुलै संख्यामा आएको बताए । साढे ६ रोपनी जग्गा क्षेत्रफलमा निर्माण गरिन लागेको मल आगामी जेठ (२०७१) भित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवन्ध निर्देशक काफ्लेले जानकारी दिए ।

पोखरा टेड्र महल
पोखरा टेड्र महल

विभिन्न ठाउँमा छरिएर ब्यापार गरेर बसिरहेका ४६ जना साना व्यवसायी मिलेर सामुहिक रुपमा मल निमार्ण गरेका हुन् । लामो समयसम्म भाडामा बस्दा साना व्यवसायीले समस्या भोग्नुपरेको बताउदै काफ्लेले त्यो समस्या नआओस भनेर नै एकजुट भै मल निमार्ण गरेको बताए । मल संचालनका लागि व्यवसायीले कम्तिमा ५० लाख देखि ३ करोड रुपैयाँसम्म लगानी गरेको काफ्लेले जानकारी दिए । जग्गा सहित मल तयार गर्दा एक अर्ब रुपैयाँ भन्दा बढि खर्च लाग्ने बताए । मलमा करिब ५ सय पसल संचालन गर्न सकिने क्षमताको भएको उनले बताए ।

भुकम्प प्रतिरोधात्मक प्रविधिमा आधारित रहेर बनाउन लागिएको यो मलमा विद्युतीय भ¥याङ, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, आउजाउ गर्न मिल्ने चारवटा गेट, अग्नी नियन्त्रक, सिसि क्यामेरा, ईमर्जेन्सी अलार्म, लगायतका अत्याधुनिक सुविधा रहने पोखरा टे«डमलका अध्यक्ष बिन्दुकुमार थापाले बताए । पोखरामा हाल संचालनमा रहेका ठुला ब्यापारीक मलमा पार्किङको निकै नै अभाव छ, हामीले त्यो समस्या भोग्नु नपरोस भनेर अण्डरग्राउण्ड पार्किङ बनाएर सुविधा दिने थापाले बताए ।

पोखरा ब्यापारीक मल
पोखरा ब्यापारीक मल

व्यवसायीका अनुसार निर्माणाधिन मलमा सवारीसाधन बाहेक सबै सामान उचित मुल्यमा पाईनेछ । फेन्सी, विद्युतीय उपकरण देखि दैनिक उपभोग्य बस्तु, गरगहना, खेलौना, बालबच्चाका सहित सबैखाले ब्राण्डेड सामग्रीको बिक्रीकक्ष हुनेछन् । पछिल्लो समय देशमा लगानी गर्ने वातावरण बनेकोले नै एकअर्ब रुपैयाँको लागतमा ब्यापारीक मल निर्माण गर्न लागेको अध्यक्ष थापाले सुनाए । ‘ठुलो लगानी गर्दा पनि राम्रो हुने देखेरै हामीले आँट गरेका हौ’ उनले भने, ‘पोखरेली ग्राहकहरुको पछिल्लो समय बजारप्रतिको मोह देखेर पनि हामीलाई यसमा लगानी गनै प्रोत्साहन मिलेको छ ।’

कमेन्टहरु
Loading...