अतितको बिस्कुनको पोखरामा परिचर्चा हुने

पोखरा, २० माघ।साहित्यकार अनिल पौडेलद्धारा लिखित प्रकाशन भएको छोटो अवधिमै तेस्रो संस्कारण प्रकाशन भइसकेको आत्मपरक निबन्ध अतितिको बिस्कुनको पोखरामा परिचर्चा हुने भएको छ। हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराको आयोजनामा यही माघ २५ गते शनिबार पोखरामा हुने उक्त परिचर्चा कार्यक्रमका लागि प्रमुख अतिथि पत्रकार रविन्द्र मिश्रसहितको एक टोली पोखरा आउने भएको छ।

अतितको बिस्कुन
अतितको बिस्कुन

२०३५ सालदेखि साहित्य यात्रामा लागेका पौडेलका यस अघि तुवालो लागेको क्षितिजबाटñ२०४० कवितासंग्रह, आजको सवाईñ२०४२ सवाईसंग्रह, फटेर केही मनहरुñ२०४८ कवितासंग्रह, काठमाडौंदेखि सिक्किमसम्म नियात्राñ२०५३, हातहरु कविता २०५७, आमाचारी बाल उपन्यास २०६३ यसअघि प्रकाशित कृतिहरु हुन्। यस्तै पौडेलका झमक घिमिरेको जीवनकथामा आधारित झमक वृत्तचित्र र १९ वटा छन्दका श्रव्यदृश्य कविता पनि निर्माण गरेका छन्।

पौडेलले अन्तराष्टिझय नेपाली कविता प्रतियोगितामा प्रथम पुरस्कार सन् १९९७, सडानन्द प्रतिभा पुरस्कार २०५८, जीवनस्मृति पुरस्कार २०६०, हरिभक्त कटुवाल प्रतिभा पुरस्कार २०६१, सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार २०६३, साझा बाल साहित्य पुरस्कार २०६३, युद्धप्रसाद मिश्र स्मृती पुरस्कार २०५७, दिपेश पुरस्कार २०६७ लगायतका पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। यसैगरी पौडेलको साहित्यिक योगदानको कदरस्वरुप दुई दर्जन बढी संघसंस्थाबाट सम्मान तथा पुरस्कृत भएका छन्। यस्तै उनलाई विधिन्न आधा दर्जन बढी संघसंस्थाले अभिनन्दन समेत गरेका छन्।

कमेन्टहरु
Loading...