पोखरा÷२१ माघ/लायन्स क्लब अफ पोखरा पिस सीटीद्धारा स्पोन्सर गरिएका क्लबहरु लायन्स क्लब अफ पोखरा पिस पिस टाउन र पिस भ्यालीको चाटर्ड हस्तान्तरण सोमबार सम्पन्न भएको छ । नारायणी कोईराला संस्थापक अध्यक्ष रहेको पिस टाउन क्लबमा बिभिन्न क्षेत्रहरुसंग सम्बन्धित २१ जना महिला मात्र सदस्यहरु छन् भने सुदिप ओझा संस्थापक सदस्य रहेको पिस भ्यालीमा २२ जना बिभिन्न पेशा ब्यबसायमा संलग्न युवा रहेका छन ।
लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बि१ नेपालका डिष्ट्रिक गवर्नर एमजेफ लायन युक्त प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्शन प्रेम बहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक गवर्नर योगेन्द लाल प्रधान लगायत डिष्ट्रिकका अन्य बरिष्ठ लायनहरुको उपस्थिती थियो ।
कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष प्रशान्तराज धमलाको अध्यक्षतामा भएको कार्यक्रममा चाटर्ड हस्तान्तरण कार्यक्रमका संयोजक क्लबका प्रथम उपाध्यक्ष ख्याम नारायण काफ्लेले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिब टंकराज अधिकारीले गर्नुभएको थियो । लायन्स क्लब अफ पोखरा पिस सीटीले आफ्नो स्थापनाको दोश्रो बर्ष प्रवेशको अवसरमा युवा, महिला र २५ जना सदस्य सहित अखिल धमला संस्थापक अध्यक्ष रहेको लियो क्लब स्पोन्सर गरेको छ ।