प्रेस युनियन गण्डकीको सदस्य सचिवमा अधिकारी मनोनित

पोखरा, २२ पुस/विगत लामो समयदेखि पोखराको पत्रकारिता क्षेत्रमा क्रियाशिल टंकराज अधिकारी प्रेस युनियन गण्डकीको सदस्य सचिवमा मनोनित भएका छन् । प्रेस युनियन केन्द्रीय कार्यसमितिले प्रेस युनियनमा लामो समयदेखि क्रियाशिल रहेका अधिकारीलाई आईतबार मात्रै गण्डकीको सदस्य सचिवमा मनोनित गरिएको हो ।

पोखराको पत्रकारिता क्षेत्रमा अधिकारी २०५३ सालदेखि आवद्ध रहदैं आएका हुन् । पत्रकारिता क्षेत्रमा संलग्न अधिकारी शुरुदेखि नै प्रेस युनियनमा आवद्ध रहेपनि कार्यसमितिमा भने आएका थिएनन् । प्रेस युनियनमा गरेको कार्यको उच्च मूल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले गण्डकी अञ्चलको सदस्य सचिवमा नियुक्त गरिएको जनाएको छ । अधिकारी नेपाल समाचारपत्र क्षेत्रीय कार्यालय पोखराको प्रमुख समेत हुन ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मिलन शर्मा दनाईका अनुसार अधिकारीसँगै तनहुँका मदन वाग्ले र स्याङजाकी भवानी अधिकारीलाई मनोनित गरिएको छ । केन्द्रीय कार्यसमितिले आईतबारदेखि नै लागु हुने गरी नेपाल प्रेस युनियन जिल्ला शाखा तथा पश्चिमाञ्चल क्षेत्रीय समितिलाई समेत पत्राचार गरिसकेको छ ।

कमेन्टहरु
Loading...