पियानो राउण्डको लागी सुर र तालको जाँच

विग आईकन अन्तरगत पियानो राउण्डमा प्रवेश पाएका प्रतिस्पर्धीहरुले शनिबार सुर र तालको प्रशिक्षण लिएका छन् । आईतबार हुने पियानो राउण्डको पहिलो अडिसनका लागी प्रतिस्पर्धीहरुले तयारी स्वरुप गितार र पियानोमा आफ्नो स्वर जाँचे । बाद्यवादक अमित गुरुङ र राजेश विष्टले प्रतिस्पर्धीहरुलाई सुर र तालमा गीत गाउन सिकाएका थिए ।

पियानो राउण्डमा प्रवेश पाएका २५ प्रतिस्पर्धीहरुमध्येबाट आईतबारको अडिसनले २० जना प्रतिस्पर्धीहरुलाई अघिल्लो चरणको लागी छनौट गर्नेछ । ‘अहिलेसम्म फ्रि सिंगीङमा गाएका प्रतिस्पर्धीहरुका लागी पियानो राउण्ड केहि गाह«ो हुन सक्छ ।’ बाद्यवादक अमित गुरुङले भने– ‘सुर र तालको पहिचान गरेर त्यसैअनुरुप प्रतिस्पर्धा गर्नु फ्रि सिंगिङ भन्दा गाह«ो हुन सक्छ ।’

टप २५ राउण्डमा परेका प्रतिस्पर्धीहरु संगीत र तालसंग पनि उत्तिकै जानकार रहेको अर्का वाद्यबादक राजेश विष्टले बताए । ‘२५ जनै प्रतिस्पर्धीहरुको गायन प्रतिभा निकै राम्रो छ ।’ उनले भने–‘यो सँस्करणको विग आईकनमा गायन प्रतिभाहरु निकै खारिएका जस्ता छन् ।’

तेस्रो सँस्करणको विग आईकनको निर्णायकहरुमा संगीतकर्मी श्यामसुङ तामाङ, सुनील थापा र असिम शेरचन रहेका छन् । प्रतियोगितामा उत्कृष्ट दशसम्मको छनौटमा निर्णायकको सर्वाधिकार रहनेछ भने टप टेनबाट टप थ्रीसम्मको छनौटमा निर्णायकको ६० प्रतिशत र स्रोताको एसएमएस भोटिङले ४० प्रतिशत अधिकार राख्नेछ । टप थ्री पछि भने विजेता छनौटका लागी सम्पुर्ण अधिकार एसएमएस भोटिङले गर्नेछ ।

गायन प्रतिभालाई मञ्च दिएर अवसर प्रदान गर्दै आएको विग एफएमको आयोजनामा भएको विग आईकनको तेस्रो सँस्करणको विजेताले १ लाख ५० हजार मुल्य बराबरको महिन्द्रा ड्युरो स्कुटर प्राप्त गर्नेछन् । प्रथम पुरस्कारको प्रायोजन एशियन अटोमोबाईल्स नयाँबजारले गरेको हो । त्यस्तै उपविजेता हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार पाउने एफएमले जनाएको छ । त्यस्तै प्रतियोगितामा तेस्रो हुनेले ५० हजार मुल्य बराबरको विशेष पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।

विश्वप्रसिद्ध अमेरिकन गाडी सेभ्रोलेले सहप्रायोजन गरेको कार्यक्रम सामसुङ ग्यालेक्सी वाई विग आईकन २०१२ मा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले विशेष सहयोग गरेको छ । प्रतियोगिताको बैंकिग पार्टनरमा अपि फाईनान्स लिमिटेड रहेको छ । प्रतियोगितामा होटल वाराहि होटल पार्टनरको रुपमा रहेको छ भने लेकसाईडस्थित टोनिक रेस्टुरेन्ट रेस्टुरेन्ट पार्टनरको रुपमा रहेको छ । भेन्यु पार्टनरको रुपमा चिप्लेढुंगास्थित डी भिलेज रेस्टुरेन्ट रहेको छ भने मिडिया पार्टनरको रुपमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र ई ट्वान्टी फोर टेलिभिजन रहेका छन् । एस के साउण्ड सिस्टम महेन्द्रपुल साउण्ड पार्टनर रहेको कार्यक्रममा एडुकेशन संसार डट कम र ईन्टरनेपाल डट कम रहेका छन् ।

कमेन्टहरु
Loading...