पोखरा स्नुकर च्याम्पियनशिप शुरु

पोखरा, १९ माघ/क्लब दी पोखराको आयोजनाबाट पोखरामा सोमबारदेखि स्नुकर च्याम्पियनशिप–२०१४ शुरु भएको छ । स्नुकर खेलाडीहरुलाई प्रोत्साहित गर्न तथा स्नुकरप्रेमीहरुलाई उत्साहित बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्वलका संचालन गणेश बसौलाले जानकारी दिए। प्रतियोगितामा ९७ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

च्यापियशिपमा प्रथम हुनेले नगद रु २५ हजार पाँच सय र द्वितिय हुनेले १० हजार सहित प्रमाणपत्र र शिल्ड पाउने छन् । त्यसैगरी, प्रतियोगिताका दुई सेमीफाईनलिष्टलाई पनि जनही नगद रु दुई हजार पाँच सय÷दुई हजार पाँच सय र प्रमाणपत्र पाउने छन् । यसैगरी हाईयष्ट ब्रेक गर्ने खेलाडीलाई पनि नगद रु. पाँच हजार प्रदान गरिने बताइएको छ।

डेढ दशकपछि पोखरामा यस्तो प्रकारको प्रतियागिता आयोजना गर्न लागिएको बताइएको छ। सोमबार क्लवका संचालन गणेश बसौलाले खेलाडी प्रेम गुरुङलाई क्यू बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरिएको थियो। प्रतियोगिताको पहिलो दिन ९ वटा खेल सम्पन्न भएको छ। बेष्ट अफ थ्रीका आधारमा खेलाइएको खेलमा गणेश गुरुङ र प्रेम गुरुङवीचको खेलबाट प्रेम गुरुङ, धन गुरुङ र कुल गुरुङवीचको खेलबाट धन गुरुङ, प्रवेश श्रेष्ठ र सुजिल मगरवीचको खेलबाट प्रवेश श्रेष्ठ, सविन गोदार लक्की चौधरीवीचको खेलबाट सविन गोदार, सरोज राना र भुपेन पुनवीचको खेलबाट सरोज राना दोस्रो चरणमा प्रवेश गरेका छन् ।

त्यसैगरी, सुमित सापकोटा र केशुवीचको खेलबाट सुमित सापकोटा, दिलिप लामा र सविन बस्नेतवीचको खेलबाट सविन बस्नेत, संजय श्रेष्ठ र रवी गुरुङवीचको खेलबाट संजय श्रेष्ठ, विजय गुरुङ र कमल आले मगरवीचको खेलबाट कमल आले मगर विजयी भएका छन्।

कमेन्टहरु
Loading...