भद्रकालीको वार्षिकोत्सवमा प्रभातफेरी

पोखरा, २० माघ/पोखराको कुँडहरमा रहेको भद्रकाली उच्च माविको ६३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार प्रभातफेरी गरि मनाएको छ । श्रीपञ्चमीको दिन वार्षिकोत्सव मनाउने कार्यक्रम तय गरिएको र अघिल्लो दिन विद्यार्थी, शिक्षक, अभिभावक, ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी प्रभातफेरीमा गरेका हुन् । 

विद्यालयबाट सुरु भएको प्रभातफेरी, बाँझापाटन, काहुँखोला, जुनकिरीमार्ग, कामना टोल, लामाडहर, मियापाटन, माछापोखरी, गौंडाको मुख, छोटा साई चिसोपानी टोल हुँदै विद्यालयमा आएर समापन भएको थियो । विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले विद्यालयको नर्सरीदेखि उच्च मावि तहसमेत गरी दुई हजार भन्दा बढी विद्यार्थी प्रभातफेरीमा सहभागी भएको जानकारी दिए । यसले विद्यालय र अभिभावकबीचको दुरी कम गराउने विश्वास उनले ब्यक्त गरे । प्रभात फेरीमा शिक्षक, अभिभावक लगाएतको सहभागीता रहेको थियो ।

भद्रकाली उच्च माविको   प्रभातफेरी
भद्रकाली उच्च माविको प्रभातफेरीb

मंगलबार जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेल र उच्च माध्यमिक शिक्षा परिषद् पोखरा कार्यालयका प्रमुख रमेशप्रसाद अधिकारीसमेतको उपस्थितिमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन लागिएको प्रअ रिजालले बताए । उनका अनुसार, उत्कृष्ठ विद्यार्थी तथा शिक्षकलाई सम्मान, विद्यालयको वार्षिक आयब्यय विवरण सार्वजनिकका साथै विविध सांस्कृतिक कार्यक्रम गरिछ । २००८ सालमा स्थापित भद्रकालीमा अहिले सबैतहमा गरी दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन् ।

कमेन्टहरु
Loading...