देवघाटका भुजेल समुदायका २ सय ४० घरधुरीलाई राहत वितरण

तनहुँ ।
देवघाटको विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायलाई फिड द हङ्गग्री नेपालको आयोजनामा नेप्लीज इन हङकङको आर्थिक सहयोग र इन्ट्रक क्लव अफ बाल्मिकी शिक्षा सदनको साझेदारीमा खाद्यान्न वितरण गरिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा मगरको विशेष पहलमा विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायका २ सय ४० घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो ।

फिड द हङ्गग्री नेपालले बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण दैनिक ज्यालादारी मजदुरहरुलाई लक्षित गरि राहत वितरण गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरूमा पनि समस्यामा परेका नागरिकलाई सहयोग गर्न आग्रह गरे । पछिल्लो समय कोभिडका कारण भएको बन्दाबन्दीले मजदुर र ज्यालादारी गर्नेहरु बढी समस्यामा परेका छन् । यस्तो बेलामा त्यस्ता नागरिकलाई सहयोग गर्न आवस्यक छ ।

कोभिडका कारण निषेधाज्ञामा दैनिक ज्यालादारी मजदुरहरुको लागी चामल, दाल नुन तेल लगाएत खाद्यान्न सामाग्रीले समस्यामा परेकालाई सहयोग पुग्ने फिड द हङ्गग्री नेपालका कोषाध्यक्ष प्रज्वल न्यौपाने बताए । ‘दैनिक ज्यलादारी गर्नेहरु यतिखेर बन्दाबन्दीका कारण काम पाएका छैनन् जसले गर्दा जिविकोपार्जन गर्न समेत धौधौ छ । त्यसैले त्यस्ता नागरिकलाई सहयोगको खाँचो भएकाले राहत प्रदान गरिएको हो । कोभिडको बेला समस्यामा परेकालाई खाद्यान्नले केही हदसम्म सहयोग पुग्ने विस्वास गरिएको छ,’ उनले भने ।

कमेन्टहरु
Loading...