टेलिकमले मोबाइल शुल्कमा ५० प्रतिशत छुट दिने

पोखरा, २० माघ /नेपाल टेलिकमको दशौं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई मोबाइल शुल्कमा छुट दिने भएको छ। माघ २१ देखि २३ गतेसम्म टेलिकमले सेवाग्राहीलाई ५० प्रतिशत छुट दिन लागको हो।

टेलिकमको जिएसएम र सिडिएमए पोष्टपेड र प्रिपेड दुवै सेवामा यो छुट दिने सोमबार कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यो छुट कम्पनीकै नेटवर्कभित्र मात्रै पाइने छ । टेलिकमले दशौं वार्षिकोत्सव माघ २२ गते मनाउँदै छ ।

कमेन्टहरु
Loading...