लामाचौरमो देखिएको नाग संरक्षणका लागी समिति, श्रीपञ्चमीमा नागको प्रतिमा स्थापना गर्ने

पोखरा, २० माघ /लामाचौर स्थित कैसारा क्षेत्र सेती नदी तटमा माघ ३ गते स्थानीय बासिन्दाले भन्दै आएको र देखीको नाग लामो समय सम्म एकै स्थानमा रहिरहेको अवस्थामा दैविक शक्ति खोज तथा उपचार केन्द्रले त्यसको अनुसन्धान थाल्ने भएको छ । लामाचौर हेम्जा जोड्ने कैसारा क्षेत्रमा रहेको रहस्यमय रुपमा रहेका नागलाई संरक्षण र सम्र्वद्धन गर्ने उद्देश्यका साथ केन्द्रले आइतबार देखि अभियान थालेको हो । बास्तविकता के हो भन्ने सर्वसाधारणमा चासो बढिरहेकोले नाग संरक्षण समिति गठन गरेको छ ।

सेती नदी किनारामा नाग देखिए पछि
सेती नदी किनारामा नाग देखिए पछि

नाग देवता ठान्दै संरक्षण र जनचासोको आकांक्षालाई मध्यनजर गर्दै कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नाग संरक्षण समिति गठन गरेको हो । समितिले २१ गते श्रीपञ्चमीको अवसरमा नागको प्रतिमा स्थापना गरि पूजाआजा गर्ने समितिका अध्यक्ष पौडेलले जानकारी दिएका छन् । ११ सदस्सीय संरक्षण समिति गठन गरेको हो । सो क्षेत्रमा देखिएको नाग हेर्न सयौको संख्यामा मानिसहरु दिनहुँजसो भिडलाग्ने गरेको छ ।

कमेन्टहरु
Loading...