प्रचण्डको सर्मथन गरेका कमल थापालाई बाबुरामको जवाफ, ‘राजतन्त्रका हिमायतिहरू हौसिन जरूरी छैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी अध्यक्ष प्रचण्डको सर्मथन गरेका राप्रपा अध्यक्ष कमल थापालाई टुइटरमा कडा जवाफ दिएका छन् ।

एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रसंगवश ‘अहिलेको राष्ट्रपतिभन्दा त बरु राजाकै अलिकति इज्जत र मान थियो’ भनेपछि राप्रपा अध्यक्ष थापाले हौसिदै दाहाललाई राजतन्त्र फर्काउन पहल गर्न आग्रह गरेका छन् ।

भट्टराईले राजतन्त्र इतिहासबाट विदा भइसकेको भन्दै राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी नरहेको
बताएका छन् ।

‘प्रचण्डजीले सही भन्नुभयो । हाम्रोजस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौँ । यो असल कामको पहल गर्नुहोस्।’,कमल थापाले टुइटरमा लेखेका छन् ।

थापाको उक्त ट्विटलाई रिट्विट गर्दै भट्टराईले गणतन्त्रको विकल्प कुनै पनि रूपको राजतन्त्र नभई अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र भएको स्पष्ट पारेका छन् । नतामा

‘जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट बिदा भइसकेको राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी छैन । गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौँ ।’,उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...