मन्थ्ली मेडल गल्फको उपाधि गोविन्द गौचनलाई

पोखरा, १९ माघ/पोखरा १८ मझेरीपाटनस्थित हिमालय गल्फ क्लवमा भएको माघ महिनाको गल्फ प्रतियोगिता गोविन्द गौचन प्रथम हुनुुभएको छ । गल्फ क्लबमा आइतवार सम्पन्न स्टेबल फोर्ड फुल हेण्डी क्यापको आधारमा खेलाइएको खेलमा गौचनले ४० अंक प्राप्त गरी विजयी हुनुभएको हो भने इन्स्पेक्टर जीवराम गुरुङले ३६ अंक प्राप्त गरी दोश्रो, क्याप्टेन लालबहादुर गुरुङले ३४ अंक प्राप्त गरी तेश्रो स्थान हासिल गर्नुभयो ।प्रतियोगितामा लङ्गेस्ट ड्राइभमा पुरण श्रेष्ठ, क्लोजेस्ट टु पिनमा क्याप्टेन लालबहादुर गुरुङ विजयी हुनुभयो । विजेता खेलाडीहरुलाई कास्की गल्फ संघका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ र जेष्ठ खेलाडी कर्णेल एम बी बोहोराले ट्रफी प्रदान गर्नुभएको थियो । प्रतियोगितामा २० जना गल्फरको सहभागिता रहको थियो ।

कमेन्टहरु
Loading...