पोखरा\प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित पाँच न्यायधिस सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो । शेर बहादुर देउवासहितका १४६ सांसदहरुको रिटमा आज सुनुवाई प्रारम्भ भएको हो । देउवासहितको सांसदहरु देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नका लागि सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्बोच्चमा देउवासहित अन्य ३० जनाले पनि संसद बिघटन बिरुद्ध रिट दायर गरेका छन् । उक्त रितमाथीको छलफल प्रारम्भ भएको ३२ घण्टामा बहस सक्नका लागि यस अघिनै संबैधानिक इजलासले आदेश गरिसकेको छ ।
पक्ष र बिपक्षका वकिलहरुका लागि १५ घण्टा र एमिकस क्युरीका लागि दुईृ घण्टा समय छुट्याएको हो ।
इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सहभागि रहेका छन् ।