गरिब देशहरूमा खोपको चरम अभाव

एजेन्सी । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए।

तर उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त सङ्ख्या अपर्याप्त रहेको बताए।

अफ्रिकाका देशहरूमा सङ्क्रमणको तेस्रो लहर देखा पर्दा खोपको अभावका विवरण आएको बिबिसीले जनाएको छ ।

कमेन्टहरु
Loading...