माधव कमरेडमा एकताको चाहना देखिएन: नेता भट्टराई

काठमाडौं ।  नेकपा एमालेका नेता खिमलाल भट्टराईले माधव नेपालमा पार्टी एकताको चाहना नदेखिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता भट्टराईले विपक्षी नेता देउवालाई दिएको समर्थन फिर्ता लिन तयार नभए पछि माधव नेपालले पार्टी एकता नचाहेको स्पष्ट भएको लेखेको छन् ।

‘माधव कमरेडमा एकताको चाहना देखिएन । जेठ दुईमा फर्कने भनिसकेपछि कमरेड केपी ओलीलाई दोष दिने ठाउँ छैन ।भ्याकेट लगायत सबै कुरा कमिटीको बैठकमा छलफल गर्न सकिन्छ । एकता प्रस्तावमा हस्ताक्षरसॅगै समाधान हुने कुरालाई मुद्दा बनाउनु अवान्छित हो । तर माधव कमरेडले शर्त थप्दै हुनुहुन्छ । र, मिलेको कुरामा समस्या बढाउदै हुनुहुन्छ । केपी ओलीसँग कति धेरै रीस रहेछ, सींगो पार्टीमाथि पोख्दै हुनुहुन्छ । विपक्षी नेता देउवालाई दिएको समर्थन फिर्ता लिन तयार नभए पछि माधव कमरेड पार्टी एकता चाहनु हुन्न भन्ने स्पष्ट हुन्छ । पार्टीको आन्तरिक एकताको निम्ति लाग्नु भएका कमरेडहरुले भनेको कुरा खुरुखुरु केपी ओलीले मानिरहनु भएको छ । अब कमरेडहरु के गर्नु हुन्छ ? माधव कमरेडको त खुमलटार र बुढानिलकण्ठमा कसिएको लगनगाँठो नफुक्ने भयो’, उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...