गण्डकीमा जसपालाई अर्थ मन्त्रालय दिन कांग्रेस सहमत

पोखरा । नेपाली कांग्रेस जनता समाजवादी पार्टीलाई गण्डकी प्रदेश सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिन सहमत भएको छ ।

जसपासंग कांग्रेसले गरेको दुई बुँदे सहमतीमा अर्थसहित दुई मन्त्रालय दिने विषयमा सहमती भएको हो ।

स्रोतका अनुसार असार ४ गते नै कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र जसपा संसदीय दलका नेता तथा प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यबीच सहमती भएको हो ।

दुई दलबीच गण्डकी प्रदेशका राजनीतिक नियुक्तीमा गठबन्धन सरकारको भावनाको सम्बोधन हुने विषयमा समेत सहमती जुटेको छ ।

अघिल्लो सरकार ढलाउन गठबन्धन बनाएका कांग्रेस र माओवादी , जसपाबीच अझै मन्त्रालयको बाँडफाँड हुन सकेको छैन ।

कमेन्टहरु
Loading...