निशुल्क स्वास्थ्य शिविर सम्पन्न, दुई सय वढीले मुटुको निशुल्क उपचार गराए

कृष्णराज आचार्य
पोखरा १८ माघ/सहिद दिवसको अवसरमा आयोजित निशुल्क हृदय रोग परिक्षण शिविरमा २ सय १ जना मुटुका विरामीले स्वास्थ्य लाभ लिएका छन । पोखराको न्यूरोडमा रहेको पद्य नर्सिङ्ग होमको प्राविधिक सहयोग, बयोदा अस्पताल तथा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सकहरुको प्रत्यक्ष संलग्नतामा आयोजित शिविरमा कास्की र कास्की आसपासका जिल्लाका मुटुरोगीहरुले स्वास्थ्य लाभ लिएका हुन ।

निशुल्क स्वास्थ्य शिविर
निशुल्क स्वास्थ्य शिविर

काठमाण्डौमा मुटुको एन्जीओेग्राफी, एन्जीयोपाल्टी गरेका तथा मुटुको भल्व अपरेसन गरेका बिरामीहरुको सहभागीता रहेको उक्त शिविरमा बयोदा अस्पताल तथा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रवि मल्ल, डाक्टर अरुण मास्के र डाक्टर रामेश कोइरालाले विरामीको मुटु परिक्षण गर्नुभएको थियो । मुटुको अप्रेसन गर्नका लागी महंगो खर्चका साथै काठमाण्डौ धाइरहनुपर्ने विरामीहरुलाई सहजताका साथ उपचार प्रदान गर्नका लागी आफुहरु काठमाण्डौबाट पोखरामा आएर निशुल्क हृदय रोग परिक्षण गरेको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रामेश कोइरालाले वताउनुभयो । आफुले मुटुको अप्रेसन गरेका विरामीलाई उनीहरुकै ठाउमा आएर उपचार गर्न पाउदा खुसी लागेको वताउदै विरामीहरुलाई यस्ता शिविरहरुले सहजता प्रदान गर्ने उहांको भनाइ रहेको थियो ।

निशुल्क स्वास्थ्य शिविर
निशुल्क स्वास्थ्य शिविर

त्यस्तै मुटुरोग विशेषज्ञ डाक्टर रवि मल्लले पनि विरामीहरुको सहजताका लागी आफुहरुले निशुल्क हृदयरोग परिक्षण शिविर संचालन गरेको वताउनुभयो । अर्का मुटुरोग विशेषज्ञ डाक्टर अरुण मास्केले पोखरामा आएर आफुहरुले निशुल्क हृदयरोग परिक्षण गर्ने चाहाना राखेको र सहिद दिवसको अवसर पारी पद्य नर्सिङ्ग होमले काठमाण्डौबाट आफुहरुलाई बोलाएर आफुहरुको चाहाना पुरा गरेकोमा खुसी ब्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्ता शिविरहरुलाई निरन्तरता दिनुपर्ने उहांको भनाइ रहेको थियो ।

निशुल्क स्वास्थ्य शिविर
निशुल्क स्वास्थ्य शिविर

शिविरमा २० जनाको निशुल्क ईकोकार्डियो ग्राफी, २७ जनाको इ. सि. जी. गरिएको पद्य नर्सिङ्ग प्रा.लि. हृदयरोग विभाग प्रमुख डाक्टर नारायण गौतमले जानकारी दिनुभयो । पोखरा , स्याङ्गजा,बाग्लुङ्ग, पर्वत, तनहु , लम्जुङ्ग, लगायतका क्षेत्रहरुमा पनि मुटुरोगीहरुको संख्या उल्लेख्य रहेकाले उनीहरुलाई लक्षित गरी शिविरको आयोजना गरेको उहांको भनाइ रहेको थियो । शिविरमा भेटिएका गरिब तथा बिपन्न बिरामीहरलाई आफुहरु कार्यरत स्वास्थ्य संस्थामा सहुलियत रुपमा उपचार प्रदान गर्ने काठमाण्डौबाट आएका मुटुरोग विशेषज्ञहरुले वताएको डाक्टर गौतमले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...