गन्थन संवाददाता । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेका विश्वासको मत सम्वन्धि प्रस्तावमा प्रदेश सभामा भएको मतदानमा पक्षमा बहुमत पुगेको छ । योसँगै गण्डकी प्रदेशमा गठबन्धनको सरकारले नेतृत्व गर्ने भएको हो ।
कुल खसेकाे ५८ भोट मध्ये पक्षमा ३१ र विपक्षमा २७ मत खसेको छ ।
जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार आज मत मागेका हुन् ।
प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ ।
मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ रहेको छ ।