गन्थन संवाददाता । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा राखेका विश्वासको मत सम्वन्धि प्रस्तावमा मतदान हुने भएको छ । अवको केहिछिनमा पक्ष, विपक्ष तथा तटस्थका लागि मतदान हुने भएको हो ।
जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार आज मत मागेका हुन् । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ ।
मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।