त्रि दिवसिय सुपर लर्निङ्ग तालिम

माघ १८,पोखरा/स्वधर्म साधना केन्द्र पोखराको आयोजनामा विद्यार्थी र शिक्षकहरुका लागि त्रि–दिवसिय सुपर लर्निङ्ग तालिम पोखरामा सम्पन्न भएको छ । पोखराको सृजनाचोकस्थित अमरज्योति आवासिय विद्यालयमा सम्पन्न तालिमा विद्यालयका शिक्षक र विद्यार्थी गरि ४० जनाको सहभागिता रहेको थियो ।साधक स्वप्नम विदुर फुयाँल र केन्द्रका संयोजक बसन्त बरालले तालिम दिएका हुन् । ‘पढाइलाई बोझ होइन मोजपूर्वक पढौं’ भन्ने मुल नाराका साथ आयोजित तालिममा एकाग्रता, उत्प्रेरणा र प्रविधि अन्तर्गतका व्यक्तिको सर्वाङ्गिण क्षमताको विकास गर्ने कला एवं प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिइएको थियो ।

विद्यालयका संस्थापक शिव गौतमको सभापतित्वमा सम्पन्न समारोहमा प्रशिक्षार्थीका तर्फबाट अस्मिता नेपाली, भावना सुनार र सुसिल नेपालीले आफ्नों अनुभव सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका श्रोत व्यक्ति टोलप्रसाद अर्याल र अर्का अतिथि रेडियो सफलताका बजार व्यवस्थापक रघुनाथ लामिछानेले प्रशिक्षकद्धय फुयाँल र बराललार्इ खादा अबिर सहित प्रशंसापत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...