वास्पानी कृषि सहकारी संस्थाका अध्यक्षमा रमेश बराल

पोखरा १८, माघ /कास्कीको पुम्दी भुम्दी–५ मा रहेको वास्पानी कृषि सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभाले रमेश बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न पहिलो उक्त सभाले बरालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिवमा अमिर बराल, कोषाध्यक्षमा मुना बराल, सहसचिवमा उजेली बराल र सदस्यहरुमा देविराज बराल, हरी कुमारी बराल, हुमनाथ बराल र सरिता बराल रहेका छन । यही माघ २५ देखि २८ गतेसम्म साधारण शेयर खुल्ला गराईने भएको सचिव अमिर बरालले बताए । २५ लाखको शेयर पुंजी संकलन गर्ने लक्ष्य राखिएको संस्थाले कृषि क्षेत्रमा लगानी गर्ने भएको समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...