एलजी एशोसिएसन र संगम क्लब बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको फाइनलमा

पोखरा, १८ माघ। एलजी एशोसिएसन र संगम क्लब पोखरामा जारी बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएका छन्। आइतबार दिउँसो दुई बजे यी दुई क्लबबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ। आयोजकले प्रोत्साहनस्वरुप प्रतियोगिताको विजेतालाई नगद २५ हजार र उपविजेतालाई नगद १५ हजार पुरस्कारको व्यवस्था गरेको छ।

विजेता टीमले माघ २५ गतेदेखि बुटवलमा हुने एन्फाले वर्गीकरण गरेको क मान्यता प्राप्त टीमहरूसँग क्षेत्रीय प्रतियोगिता खेल्ने कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए। पछिल्लो दुईवर्ष संगम क्लबले कास्कीको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाइसकेको छ। पहिलो संस्करणमा च्याम्पियन बनेको संगम राष्ट्रिय लिगमा सहभागी भएको थियो भने दोस्रो संस्करणमा उपविजेता भएको थियो।

शनिबार पोखरा र·शालामा भएको पहिलो सेमिफाइनल खेलमा एलजीले सत्य क्लब बाझापाटनलाई ५–२ ले पराजित ग¥यो। पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा एलजीले एकपक्षीय रूपमा लगातार चार गोल थप्यो भने सत्यले मात्र एक गोल फर्कायो। सत्यका गोलकिपर अब्दुल नसिरले विर्सनलायक प्रदर्शन गरे। उनको प्रत्यक्ष गल्तीमा टीमले तीन गोल खायो। एलजीको जीतमा विश्व गुरुङले ह्याट्रिक गरे भने नितेश श्रेष्ठले दुई गोल थपे। सत्यको तर्फबाट साजिस गुरुङ र विजयकुमार श्रेष्ठले एक–एक गोल गरेका थिए। खेल सुरु भएको ११ मिनेटमा साजिस गुरुङको गोल गरे।

एलजीका अर्जुन देवकोटाको मिसपासलाई सदुपयोग गर्दै साजिसले डिबक्सबाहिरिबाट सेकेण्ड बारमा जाली चुमाए। त्यसको नौ मिनेटमै एलजीका लागि नितेश श्रेष्ठले बराबरी गोल फर्काए। दोस्रो हाफको १९ मिनेटमा एलजीका विश्व गुरुङले गोल गर्दै खेललाई २–१ मा ल्याए। २४ मिनेटमा प्रदीप गुरुङको कर्नर प्रहार गोलकिपरले फुत्काएपछि त्यसलाई वानटचमा गोल गरे। ३१ मिनेटमा नितेशले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ मा पु¥याए भने ३२ मिनेटमा व्यक्तिगतरूपमा तेस्रो गोल गर्दै विश्वले आÇनो ह्याट्रिक पूरा गरे। ३२ मिनेटमा काउण्टर अट्याकमा सत्यका विजयकुमार श्रेष्ठले दोस्रो गोल गर्दै ५–२ मा ल्याए। सो खेलमा एलजीका कप्तान आदर्श शाही, विक्की गुरुङ र सत्यका बेदप्रसाद गुरुङले एलोकार्ड खाएका थिए।

दोस्रो खेलमा संगमले लेकसाइड क्लबलाई ९–१ को विशालअन्तरले पराजित ग¥यो।संगमको जीतमा विमला राना, सुवास तामाङ र टंक गुरुङले दुई–दुई तथा किरण थापा, कुमार गुरुङ र राकेश गुरुङले एक–एक गोल गरेका थिए। लेकसाइडको लागि ७९ मिनेटमा अनिल विकले सान्त्वना गोल फर्काए। पहिलो हाफमा संगमले चार गोल गरेको थियो। दोस्रो हाफमा पाँच गोल थप्यो भने एक गोल खायो। सो खेलमा संगमका विमला बस्नेत र लेकसाइडका सुरेन्द्र नेपालीले एलोकार्ड खाएका थिए।

कमेन्टहरु
Loading...