कास्कीको मदनी खोलामा आएको बाढीले तीनसय भेडा बगायो

गन्थन डेस्क । गएरातीदेखि लगातार मदनी खोलामा आएको बाढिको कारण कास्कीको मादी १, हुगुमा रहेको भेडिगोठ बगाएको छ । उक्त बाढीले भेडिगोठमा रहेको ३ सय भेडा बगाएको शुरज गुरुङले बताए ।

गुरुङका अनुसार तिन भेडा गोठाला भने सुरक्षित ठाउँमा आइसकेका छन् । मानवीय क्षति भने भएको छैन ।

खराब मौसमका कारण उद्दारका लागि प्रहरी पुग्न नसकेको कास्की प्रहरी डिएसपि सुबास हमालले बताए ।

कमेन्टहरु
Loading...