काठमाडौं । अविरल वर्षासंगै मेलम्चीमा आएको बाढीले आसपासका बस्ती बगायो ।
बाढिको कारण इन्द्रावती हाइड्रोमा ठूलो क्षती भएकोको र हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकुतेको पुल समेत बगाएको स्थानीय वासीले जानकारी दिएका छन्।
केही स्थानीय बाढीमा बेपत्ता भएका छन्। बाढीले हेलम्बु मेलम्चीघ्याङ र सेतिघ्याङ जोड्ने चोक्पुखोलाको पुल बगाएको छ।