रेडक्रस उपशाखा ९ को अध्यक्षमा मर्सानी

पोखरा, १७ माघ/नेपाल रेडक्रस सोसाईटी पोखरा ९ उपशाखाको शुक्रबार सम्पन्न २१ औ साधारण सभाले आगामी चार वर्षका लागि पुनः दिपेन्द्र मर्सानीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। मर्सानी अध्यक्षमा चयन भएको यो चोथौ पटक हो।

समितिको उपसभापतिमा टेकबहादुर भुजेल, सचिवमा उमा ठकुरी, सहसचिवमा रामु बाँस्तोला, कोषाध्यक्षमा सुजन पराजुली, सहकोषाध्यक्षमा बन्दना के.सी, सदस्यहरुमा लालबहादुर श्रेष्ठ, किशोर ओझा र रामराज लामिछाने रहेका छन्। यसअघि साधारण सभाको उद्घाटनगर्दै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले रेडक्रस मानवीय विपत्तिमा काम गर्ने संस्था भएकाले निष्पक्ष र तठस्थ हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति डोलराज पाण्डे, सोसाइटीका केन्द्रीय सभासद् सूर्यप्रसाद ढकाल, निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष राजेन्द्र पहारी, गैह् सरकारी संस्था महासङ्घ नेपालका सदस्य रामप्रसाद सुवेदी, कास्की शाखाका कृष्ण कोइरालाले बोलेका थिए। कार्यक्रम उपशाखाका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्टहरु
Loading...