कास्की जिल्ला भलिबल सङ्घद्वारा सल्लाहकारको सम्मान

पोखरा, १७ माघ। कास्की जिल्ला भलिबल सङ्घले शुक्रबार एक कार्यक्रमबीच सल्लाहकारहरूको स्वागत तथा सम्मान ग¥यो। गत शनिबार पोखरामा सम्पन्न नियमित बैठकले ११ सदस्यीय सल्लाहकार समिति चयन गरेको थियो।

कार्यक्रममा सङ्घका अध्यक्ष भीम पराजुलीर कोषाध्यक्ष सुनिता गुरुङले सल्लाहकारमा मनोनीत जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख बसन्तकुमार लामा, पर्यटन व्यवसायी लक्की कार्की, खेलकुद पत्रकार प्रेमनारायण न्यौपाने, निर्माण व्यवसायी अर्जुन थापा, मुटुरोग विशेषज्ञ डा. नारायण गौतम, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैड्ढर्स रेशमबहादुर थापा र फिस्टेल उमाविका प्राचार्य चिनु रानाभाटलाई खादा लगाएर सम्मान गरेको थियो। पदेन सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा विशेष सल्लाहकारमा नेपाल भलिबल सङ्घ रहेका छन्।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख बसन्तकुमार लामा, पर्यटन व्यवसायी लक्की कार्की, खेलकुद पत्रकार प्रेमनारायण न्यौपाने र निर्माण व्यवसायी अर्जुन थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गरेका थिए। उनीहरूले भलिबल पुरानो खेल भएकोले महिला तथा पुरुष भलिबलमा पश्चिमाञ्चलको पोखराले राख्दै आएको बर्चश्वलाई आगामी दिनमा पनि जोगाउन थुप्रै चुनौती रहेको भन्दै त्यसको लागि सङ्घले ल्याउने हरेक कार्यक्रमलाई सफल पार्ने प्रतिबद्धता पनि जाहेर गरेका थिए।

सङ्घका अध्यक्ष भीम पराजुलीले सङ्घको व्यवस्थित कार्यालय भवन निर्माण र भलिबल ट्रेनिङ सेन्टर बनाउनु नयाँ कार्यसमितिको मुख्य उद्देश्य रहेकोले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए। उनले विद्यालय तहदेखि नै भलिबल खेलाडी उत्पादन गर्न सङ्घले गाविसस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ३० हजार, द्वितीय हुने टीमलाई नगद २० हजार तथा तृतीय हुने टीमलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लेयर, बेस्ट स्पाइकर र बेस्ट लिÇटरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष खगेन्द्र गौचनले स्वागत मन्तव्य राखेका थिए भने सचिव कुमार गुरुङले सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...