एलजी एशोसिएसन र लेकसाइड क्लब कास्की लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा

पोखरा, १७ माघ। एलजी एशोसिएसन र लेकसाइड क्लब पोखरामा जारी बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन्। योसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। अब सेमिफाइनलमा एलजीले सत्य क्लबसँग शनिबार बिहान आठ बजे र लेकसाइडले संगम क्लबसँग बिहान १० बजे फाइनलको लागि प्रतिस्पर्धा गर्नेछन्। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा शुक्रबार पोखरा रड्डशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा एलजी एशोसिएसनले पोखरा भ्याली स्पोर्टस् क्लबलाई १–० ले निराश पा¥यो।

एलजीको लागि अतिरिक्त समयको चौथो मिनेटमा विश्व गुरुङले गरेको एकमात्र गोल नै सेमिफाइनलमा प्रवेश गर्न निर्णायक बन्यो।खगेन्द्र पुनले मिलाइदिएको उत्कृष्ट क्रसलाई सिक्सयार्ड बक्सभित्र अनमार्क विश्वले पावर भलि हान्दै वानटचमा जाली चुमाएका थिए।त्यसको चार मिनेटमै विश्व पुनः अर्को गोल गर्ने अवसरमा चुके।करिब ३८ यार्डबाट खालीपोस्टमा हानेको उनको प्रहारले सेकेण्डबारको दिशा लियो।निर्धारित ४–४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि १०–१० मिनेटको अतिरिक्त समय खेलाइएको थियो।अतिरिक्त समयको दोस्रो हाफमा पोखरा भ्यालीले बराबरी गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेन। उसको लागि डबल एलोकार्डका कारण खेल गुमाएका स्ट्राइकर विवेक गुरुङको अभाव खड्किएको थियो भने एलजीमा नितेश श्रेष्ठको।सो खेलमा पोखरा भ्यालीका सुशील गुरुङ र एलजीका विश्व गुरुङले एलोकार्ड खाएका थिए।

बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता
बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता

अन्तिम क्वाटरफाइनल खेलमा लेकसाइड क्लबले सहारा क्लबलाई टाइब्रेकरको शिकार बनायो। निर्धारित तथा अतिरिक्त समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुड्डिएको थियो।टाइब्रेकरमा सहाराका अनिल गुरुङको पहिलो र कप्तान सुशन गुरुङको तेस्रो प्रहारले मात्र जाली चुम्यो भने विश्व अधिकारीको दोस्रो प्रहार बारमा लागेर फर्कियो।यस्तै प्रेम गुरुङको चौथो प्रहार सेकेण्डबार हुँदै बाहिरियो।लेकसाइडको तर्फबाट कप्तान सुरेन्द्र नेपाली, विवेक अधिकारी, अनिल विक र सुमन गुरुङले हानेका सबै प्रहारले जाली चुमे। पहिलो हाफ गोलरहित बराबरीमा टुड्डिए पनि दोस्रो हाफको चौथो मिनेटमै प्रेम गुरुङले विपक्षी चारजना डिफेन्सलाई छलाउँदै सहाराको लागि गोल गरे पनि अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा जीतको स्वाद चाख्नबाट बञ्चित भयो।

सुनिल गुरुङको लामो क्रसमा सुमन गुरुङले सिक्सयार्ड बक्सभित्रबट जम्प गरेर पोस्टमा हेडिङ गर्दै खेललाई बराबरीमा ल्याए। अतिक्ति समयको दोस्रो मिनेटमा सहाराका प्रेम गुरुङ निर्णायक गोल गर्नबाट चुके। उनले पोस्टमा गरेको हेडिङलाई लेकसाइडका मोहन पंगेनीले गोललाइनबाट हेडिङ क्लियर गर्दै असफल पारिदिए।सहाराका अनिल गुरुङले दुईपटक गोल अवसर पाउँदा पनि सदुपयोग गर्न सकेनन्। आयोजकले प्रोत्साहनस्वरुप प्रतियोगिताको विजेतालाई नगद २५ हजार र उपविजेतालाई नगद १५ हजार पुरस्कारको व्यवस्था गरेको छ। विजेता टीमले माघ २५ गतेदेखि बुटवलमा हुने एन्फाले वर्गीकरण गरेको क मान्यता प्राप्त टीमहरूसँग क्षेत्रीय प्रतियोगिता खेल्नेछ।पछिल्ला दुईवर्षदेखि संगम क्लबले कास्कीको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाएको छ।

कमेन्टहरु
Loading...