३१ जना सांसदसहित विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालय जाँदै

गन्थन डेस्क ।

गण्डकी प्रदेशमा यतिखेर मुख्यमन्त्री तथा सरकार बनाउने विषयमा माहोल तातीरहेको छ । विपक्षी गठबन्धनले नेपाली काँग्रेका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ३१ सांसदसहित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।

प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेसँगै २४ घण्टाको समय सीमा भित्र नयाँ सरकार गठनका लागि हिजो मात्रै प्रदेश प्रमुख सिता कुमारी पौडेलले आह्वान गरेकी थिइन् । उक्त समयसिमा सकिएपछि विपक्षी गठबन्धन प्रमुखको कार्यालय जान लागेको हो ।

कमेन्टहरु
Loading...