खाँस्टेतालमा रहेको तालवराही मन्दीरको पुनः निमार्णमा स्थानीय, तालको संरक्षण हुन सकेन (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १७ माघ/लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेतालमा अबस्थीत जिर्ण अबस्थामा रहेको तालवराही मन्दीरको पुनः मर्मत गर्न स्थानीय कसरीएका छन् । परापुर्व कालमा स्थापना भएको तालवराही मन्दीर हाल जिर्ण अबस्थामा रहेकोले स्थानीयहरु मन्दिर बनाउन लागी परेका हुन् ।

लेखनाथको खास्टे तालको किनारमा रहेको मन्दीरको महत्व बढि भए पनि संरक्षण हुन नसक्दा ओझेलमा परेको मन्दिर निमार्ण समितिका अध्यक्ष खेमराज बरालले बनाए । उनले सांस्कृतिक तथा पर्यटीय दृष्टिले महत्व वोकेको ताल तथा मन्दीर संरक्षणमा सरकारी निकायबाट खासै पहल नभएको गुनासो गरे । उनले पटक पटक लेखनाथ नगरपालीकामा ताल तथा मन्दीर संरक्षणको लागि आग्रह गर्दा पनि खासै ध्यान नदिएको बताए ।

खाँस्टेताल
खाँस्टेताल

मन्दीरमा होम हाल्ने कुण्ड, पुजारी बस्न मिल्ने कक्ष, कम्पान्ट लगाएका निमार्ण गर्ने समितिको लक्ष्य रहेको छ । अहिले करिब ३ लाखको लागतमा मन्दिरको निमार्ण कार्य भैरहेको छ । स्थानीयलाई मन्दीर मर्मत गर्न पोखरा मनकामना दर्शन पोखरा शाखाका संचालक राजेश गुरुङले करीब एक लाख रकम जुटाइ दिए पछि स्थानीहरु मन्दिर निमार्ण लागी परेका छन् । मन्दिरको निमार्ण पछि पर्यटकको आक्रष बढेने देखे पछि सहयोगका लागी अगाडी बढेको गुरुङ्गले बताए ।

फेवातालको तालवराही मन्दीर कान्छी र खास्टेतालको जेठो मन्दीर रहेको स्थानीयको भनाई छ । खास्टेतालको क्षेत्रफल ५ सय ५६ रोपनी क्षेत्रफल भए पनि तालको चेक ड्याम नहुदा ताल नै दिन प्रतिदिन संकटमा पर्दै गएको छ । यो तालमा विभिन्न प्रजातीका चरा र माछाहरु पाइने गर्दछन् । स्थानीयहरु मन्दिर संरक्षण सगँ सगै ताल सरक्षणमा लाग्ने बताइ रहदा सरकारी पक्षले भने तालको संरक्षणमा कुनै ध्यान दिन सकेको छैन ।

खाँस्टेतालमा रहेको तालवराही मन्दीर
खाँस्टेतालमा रहेको तालवराही मन्दीर

khastetall kaski laknath khastetall kaski laknath (1) khastetall kaski laknath (2) khastetall kaski laknath (3) khastetall kaski laknath (5)

कमेन्टहरु
Loading...