यस कारण बन्द भयो पोखराको गोर्खाली रेडियो, कर्मचारीद्धारा सामुहिक राजिनामा

पोखरा, १७ माघ/करिब तीन वर्षबाट पोखरामा सन्चालन हुदै आएको गोर्खाली रेडियो बन्द भएको छ । रेडियोको व्यवस्थापन राम्रो सगँ गर्न नस्कदा रेडियो बन्द हुन पुगेको कर्मचारीहरु बताएका छन् । पुष एक गतेबाटै रेडियोमा समाचार बन्द भए पनि कार्यक्रमहरु पुगको १५ गतेबाट बन्द भएको स्टेसन म्यानेजर सन्जय मल्लले जानकारी दिए । पौष १७ गते व्यवस्थापनले कर्मचारीलाई फोन गरेर नआउन भनेपछि रेडियोमा तिन जना प्राविधिकहरु राखेर गित मात्रै बजाएको थियो । त्यसको एक साता पछि रेडियो बन्द भएको रेडियो स्रोतले जानकारी दियो । व्यवस्थापन र आन्तरीक कलहका कारण रेडियोमा यस्तो स्थिती आएको स्रोतको भनाई छ ।

पोखराको गोर्खाली रेडियो
पोखराको गोर्खाली रेडियो

कर्मचारीद्धारा सामुहिक राजिनामा

पोखरामा संचालित गोर्खाली रेडियो १०६ मेघाहर्जमा कार्यरत सम्पूर्ण कर्मचारीले विहिबार सामुहिक राजीनामा दिएका छन् । रेडियोमा कार्यरत १८ जना कर्मचारीले सामुहिक राजीनामा दिएका हुन् । विगत तिन वर्षदेखि गोर्खाली समुदायद्धारा संचालित रेडियो विगत एक महिनादेखि ब्यवस्थापन पक्षले कर्मचारीहरुलाई जानकारी नदिई र सल्लाह विना बन्द गरेको भन्दै सामुहिक राजीनामा दिएको रेडियोका स्टेशन म्यानेजर संजय मल्लले जानकारी दिए ।

एक महिनासम्म धैयता कायम कर्मचारी प्रति गरिएको ब्यवहारले रेडियोमा कार्यरत कुनैपनि कर्मचारीले काम गर्नै अवस्था नरहेको भन्दै सामुहिक राजीनामा पेश गरेका छौ संयूक्त राजीनामामा भनिएको छ । रेडियोमा आर्थिक संकट परेको भन्दै ब्यवस्थापन पक्षले पुस १ गते देखि
रेडियो बन्द गरेको थियो । रेडियो बन्द भएको बारेमा जानकारी नदिई पुस १७ गते फोन मार्फत काममा नआउन र तिन वर्षदेखि रेडियोलाई पुयाएका भुमिकाको धन्यबाद दिएको थियो ।

पोखराको गोर्खाली रेडियो
पोखराको गोर्खाली रेडियो

डेढ महिना सम्मपनि रेडियो संचालनमा आउने नआउने बारे ब्यवस्थापन पक्षले जानकारी नदिई अन्यौलतामा राखेको भन्दै त्यहाँ कार्यरत १८ जना कर्मचारीले सामुहिक राजनीमा रेडियोका अध्यक्ष शान्ति गुरुङलाई बुझाएको कर्मचारी उमेश पौडेलले जानकारी दिनु भयो । कर्मचारीहरुलाई राखेर छलफल गरी रेडियो संचालनको वातावरण निर्माण गर्नुपर्र्नैमा भित्रभित्रै कर्मचारीलाई टेलिफोनबाटै काममा नआउन गरिएको आग्रहप्रति उनीहरुले रेडियो इतिहासमै अलोकप्रिय रहेको राजनीनामा पत्रमा
उल्लेख गरेका छन् ।

उनीहरुले ब्यवस्थापन पक्षको चरम लापरबाहीका कारण रेडियो बन्द भएको भन्दै दुख समेत ब्यक्त गरेका छन् । यसरी राजीनामा दिनेहरुमा स्टेशन म्यानेजर संजय मल्ल, मार्केटिङ म्यानेजर उमेश पौडेल, समाचार संयोजक एकराज गिरी, टेक्निसियन हेड अर्जुन गौतम, समाचारदाता भुपाल गुरुङ, टेक्निसियन तथा कार्यक्रम संचालकहरु विन्दु राना, विनोद पहारी, रेन्जा राई रहेका छन् । त्यस्तै कार्यक्रम संचालकहरु कृष्ण सुवेदी, सन्जु भुसाल, गिता गुरुङ, भिम विश्वकर्मा, मन गुरुङ, उत्तम पौडेल, निलिमा हिराचन, दुर्गाराज पाण्डे, रेडियोका सुरक्षा गार्ड होमबहादुर पुन र कार्यालय सहयोगी अजित परियार रहेका छन् ।

रेडियोलाई के गर्ने

रेडियोलाई के गर्न भन्ने बारेमा सन्चालकहरु विच विभिन्न चरणमा बार्ता भए पनि यहि गर्ने भन्ने निर्णय लिइ सकेको छनैन । केहि सन्चालकहरु रेडियोलाई भाडामा दिने पक्षमा छन् । केहि सन्चालकहरु बेच्ने पक्षमा देखिएका छन् । रेडियोको जिम्मा लिन विभिन्न समय आए पनि कस्लाई दिन वा सन्चालन गर्ने नगर्नेमा निर्णय नआइ सकेको बताउ छन् ।

कमेन्टहरु
Loading...