अन्तरदृष्टि नेपालका वालवालिकालाइ कम्वल हस्तान्तरण

पोखरा,१६, असोज ।कम्वल संकलन अभियान मुल आयोजक समितिले अन्तरदृष्टि नेपालका वालवालिकाहरुलाई विहीवार कम्वल हस्तान्तरण गरेको छ ।मानव विकास मंच नेपालको आह्वानमा संचालन भएको विदेशिको सहयोग विना पनि एक नेपालिले अर्को नेपालिलाई सहयोग गर्न सक्छौ भन्ने मुल अभिप्रायले संचालन भएको उक्त अभियानको पहिलो कम्वल वितरण कार्यक्रम अन्तरगत वालवालिकाहरुलाई नौ वटा कम्वल सहित विस्कुटहरु समेत हस्तन्तरण गरिएको हो ।

कम्वल वितरण
कम्वल वितरण

अभियन्ता सुष्मा पौडेल कार्यक्रम संयोजक सरिता कोइराला जम्मवरकट्टेल र सदस्य मनमाया नेपालिले अन्तरदृष्टिका सविता खड्का लगायत वालवालिकाहरुलाई कम्वल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वोल्दै अभियन्ता सुष्मा पौडेलले कम्पल संकलन अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरिन् । अन्तरदृष्टिका सविता खड्काले हाडनाता करणीवाट जन्मिएका वालवालिकाहरुलाई आश्रय दिने गरेको उक्त संस्थामा कम्वलको आवश्यकता भैरहदा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।

खाद्य सामाग्रि तथा अन्य लक्ता कपडाको समेत आवश्यकता रहेको भन्दै सहयोगका लागि आह्वान गरेकि थिइन् । कार्यक्रम संयोजक सरिता कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य मनमाया नेपालिले गरेकि थिइन् ।

कमेन्टहरु
Loading...