काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीलाई नेता माधवकुमार नेपालले ६ बुँदे जवाफ फर्काएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार एकताका लागि ६ बुँदे प्रस्तावबारे जवाफ फर्काउँदै नेता नेपालले प्रतिनिधिसभा विघटन गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन गर्ने निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालले भनेका छन्, ‘आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन ।’,उनले जवाफमा लेखेका छन् ।