नेपाली समसामयिक कला बारे परिचर्चा

पोखरा,माघ १६/पोखराको कुमुदिनी होम्स् उमावि प्रांणगणमा स्थापना भएको जे.के. चित्रकला संग्राहलयको तेस्रो वार्षिकोत्सवको अवसरमा समसामयिक कलाबारेमा प्रवचन एवं अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार आयोजित उक्त प्रवचन कार्यक्रममा वरिष्ठ कलाकार एवं कला समिक्षक मुकेश मल्लले “नेपाली समसामयिक कला सन्र्दभ पोखरेली समसामयिक कला ” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कुमुदिनी होम्स् उमावि
कुमुदिनी होम्स् उमावि

कार्यक्रममा कला समीक्षक मल्लले नेपाली समसामयिक कलाका बारेमा प्रष्ट पार्दै यसको ऐतिहासिक पक्षबारे व्यापक अनुसन्धान हुन नसकेको बताएका थिए । उनले इतिहासका विभिन्न कालखण्डमा नेपाली कलाका क्षेत्रमा भएका परिवर्तनहरुको चर्चा गर्दै पछिल्लो समयमा युवा पुस्ताका कलाकारहरुले योगदान दिइरहेको धारणा राखेका थिए । पोखरा प्रकृतिवादी कलाका दृष्टिले धनी रहेको उनको भनाइ छ । यहाँका स्थानीय कलाकारहरुले राष्ट्रिय स्तरमा समेत राम्रो छाप छोड्न सफल भएको भन्दै उनले कलाको विकासका निम्ति यहाँ भइरहेका प्रयत्नहरु सकारात्मक रहेको बताए ।संग्राहलयका सल्लाहकार तथा वरिष्ठ कलाकार दुर्गा बरालले यस्ता किसिमका परिचर्चा कार्यक्रम प्रसस्त मात्रामा आयोजना हुनु पर्ने विचार व्यक्त गरेका थिए ।

परिचर्चाबाट कलाकारका कमी कमजोरी पहिचानमा सहयोग मिल्ने भन्दै वरिष्ठ कलाकार बरालले कला विकासमा समीक्षाको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए । संग्राहलयका अध्यक्ष अशोक पालिखेले स्वागत मन्तव्य राख्दै कलाकारिताको विकासका लागि संस्थाले नियमितरुपमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको जानकारी दिएका थिए । सो संग्राहलयमा रहेका कलाकृतिहरुको क्याटलग प्रकाशन गर्नका लागि तयारी भइरहेको पनि अध्यक्ष पालिखेले बताए । संस्थाका सदस्य एवं कलाकार रमेश श्रेष्ठले संचालन गरेको कार्यक्रममा सृजनशिल कलाकार समूहका अध्यक्ष पदम घलेले पनि मन्तव्य राखेका थिए । सोही अवसरमा कार्यक्रमका मूख्य वक्ता कला समिक्षक मल्ललाई संस्थाका अध्यक्ष पालिखेले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय कलाकार,विद्यार्थी,कलाप्रेमीहरुको उपस्थिति रहेको थियो । राजधानी बाहिर निजी प्रयासमा खुलेको संग्रहालयमा नेपालका प्रसिद्ध कलाकारहरुका कलाकृतिहरु संग्रहित छन्।

कमेन्टहरु
Loading...