उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।
मन्त्री भएलगत्तै कार्यभार सम्हाल्दै बहुल राज्यको कुरा उठाएका महतोले आफ्नो भनाइलाई बंग्याइएर गलत अर्थ लगाइएको भन्दै भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।
विज्ञप्ती जारी गर्दै उनले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् ।
‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’,विज्ञप्तीमा उल्लेख छ ।
महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो ।