तनहुँ संवादाता । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जिल्लाका विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
शनिबार गृहजिल्ला तनहुँ पुगेका पौडेलले शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, दमौली अस्पताल र जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
विस्वव्यापी रुपमा फैलिएको कोरानाका कारण हरेक नागरिक समस्यामा छन् । कोरोनाकाृे विभिन्न भेरियन्टहरु देखापर्ने क्रम बढिरहेको छ । तर आम नागरिकहरु यसबाट सुरक्षित रहनको लागि सामान्य मास्कको समेत पहुँचबाहिर छन् ।
कोही पनि नागरिक मास्कको अभावमा जोखिममा नपरुन भन्ने उदेस्यले मास्क अभियान संचालन गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले बताए । उनले शनिबार गृहजिल्ला तनहुँबाट स्वास्थ्य सामग्री वितरण गर्दै मास्क अभियान सुरु गरेको बताए।
कोभिडको जोखिम न्युनीकरण गर्न, धुवाँ, धुलो तथा विभिन्न किसिमका रोगहरुबाट सुरक्षित गराउन मास्कको महत्व अपरिहार्य भएकाले ‘मास्क अभियान’ शुरु गरेको उनको भनाइ छ ।
मास्क पुग्न नसकेका ठाउँमा मास्क र अस्पतालहरुमा स्वास्थ्य सामग्री अभावमा सर्वसाधारणको ज्यान जोखिममा पर्ने समस्या न्यूनीकरण गर्न मास्क अभियान थालिएको हो । जिल्लाका विभिन्न सामुदायिक अस्पतालहरुमा पनि अहिले पर्याप्त स्वास्थ्य सामग्री छैनन् । त्यसैले थोरै भएपनि स्वास्थ्य सामग्रीले सहयोग पुग्ने अपेक्षाकासाथ माक्स, सेनीटाइजर, ग्लोव्स, कन्सन्ट्रेटर, पिपिइलगायतका सामग्री ल्याइएको हो ।
भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, दमौली अस्पताल र जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता पौडेलले स्वास्थ्य सामग्री फेरी पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘पहिलो चरणमा ५० हजार मास्क र ग्लोब्स्बाट सुरुवात गरिएको छं, सर्बसाधारणलाई स्वास्थ्यमा सचेत र सजक गराउने अभियानमा छौं । ‘कोभिड–१९ बाट सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित बनाउने हाम्रो अभियान हों ।’
उनले सुरक्षित रहन स्वास्थ्य सावधानी अपनाउनसमेत सर्वसाधारणलाई आग्रह गरेका छन् । सम्पूर्ण सर्वसाधारणलाई कोभिड सम्बन्धि चेतना बृद्धि गरी सुरक्षित बनाउने उद्देश्यका साथ कांग्रेसका युवाहरुलाई परिचालन गरी सेनिटाइज गराउने पनि उनले सो अवसरमा जानकारी दिए ।
पहिलो चरणमा ५० हजार बराबरको मास्क, सेनीटाइजर, पिपिई, फेससिल्ड, अक्सिजन कन्सन्टे«टर, ग्लोब्स् लगायतका स्वास्थ्य सामग्री वितरण गरेका पौडेलले अर्को पटक दुई लाख माक्स लगायतका स्वास्थ्य सामग्री लिएर जिल्लामा आउने प्रतिवद्धता जनाए ।
नेता पौडेलले आम नागरिकको सुरक्षामा खटिने प्रहरी पनि फ्रन्टलाइनमा खटिएकाले उनीहरुलाई सुरक्षित रहन माक्स, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री इलाका प्रहरी कार्यालय बेलचौतारालाई हस्तान्तरण गरेका थिए । त्यस्तै पत्रकार महासंघ तनहुँलाई पनि नेता पौडेलले महासंघकै कार्यालय पुगेर अध्यक्ष उज्वल पौडेल र केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
तनहुँबाट सुरु गरिएको माक्स अभियान देशैभर गर्ने तयारी रहेको भन्दै नेता पौडेलले स्वाास्थ्यकर्मीहरु फ्रन्टलाइनमा खटिने भएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा राज्यले पहल गर्नुपर्ने बताए ।
प्राप्त स्वास्थ्य सामग्रीले अस्पताललाई उपचारमा सहयोग पुग्ने जिपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए ।