पोखरा, १६ माघ/फिस्टेल नर्सिङ्ग क्याम्पस गैह्रापाटन, पोखराले २०१८ माघ १५ गते स्थापना भएको नेपाल नर्सिङ्ग संघको ५२ औं दिवसको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गरि नेपाल नर्सिङ्ग दिवस मनायो । फिस्टेल अस्पतालमा रहेका अन्तरंग विभागका ४५ जना बिरामीहरुलाई खादा लगाई शिघ्र स्वास्थ्य लाभको कामना गरिनुका साथै अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स तथा स्टाफहरुलाई खादा लगाएर सम्मान गर्दै स्वास्थ्य तथा नर्सिङ्ग सेवाको गुणस्तर बृद्धिमा सबैजनाको प्रतिवद्धता चाहिने सन्देशमुलक कार्यक्रम ग¥यो ।

त्यसैगरी पोखरा १७ सितापाइला स्थित पोखरा बृद्धाश्रममा क्याम्पस प्रमुख जीता बराल, नर्सिङ्ग प्रशिक्षक, कर्मचारी तथा छात्राहरुले ६३ जना बृद्ध बृद्धाहरुलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरी उनीहरुको आवश्यकता अनुसारको आधारभूत नर्सिङ्ग सेवा प्रदान गर्नुका साथै डा. पवित्रा सापकोटा लगायतको टोलीले बृद्धाहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
सोही सन्दर्भमा पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्त केशर पराजुलीले नर्सिङ्ग पेशा अत्यन्तै सेवामुलक बनाउन सबै पक्षले जोड दिनुपर्ने भन्दै बृद्धाश्रमको बारेमा बताउनु भयो । साथै हरेक व्यक्ति एक दिन बृद्ध अवस्थामा पुग्नैपर्ने कुरा ह्ृदयदेखि नै मनन गर्दै बृद्धाहरूलाई माया, ममता, स्याहार आजको आवश्यकता र सबलले निर्वलको निस्वार्थ सेवा गर्नुपर्छ भन्ने सन्देश दिनुभएको थियो । प्रयेक वर्ष क्याम्पसले बृद्धाश्रममा गई सेवा पु¥याउने गरेको क्याम्पसका प्रशासक श्रीकान्त धितालले जानकारी दिनुभयो ।