रामपर सहकारीद्वारा सयपत्री सहकारी अवलाकन

पोखरा, १६ माघ । पोखरा–११ रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी सस्थामा रामपुर बचत तथा ऋण सहकारी सस्था, पाल्पाद्वारा अवलोकन भ्रमण गरेको छ । गत वर्ष पश्चिमाञ्चलको उत्कृष्ठ सहकारी घोषणा भएको रामपुर सहकारीले आफ्नो कार्यक्षेत्र पाल्पामा सस्तो पसल सुविधा, झोला उत्पादन तथा वितरण सेवा, रेमिट्यान्स सुविधा, सहकारीबीच समन्वयत्मक भूमिका निभाउँदै आएको उक्त सहकारीका ब्यवस्स्थापक भूपति पाण्डेले जनाएका थिए । पाण्डेको नेतृत्वमा आएको टोलीले गतवर्ष कास्की जिल्लाकै सर्वोत्कृष्ठ सहकारी घोषणा भएको सयपत्री बचत तथा ऋण सहकारीको कार्यालय अवलोकन, लगानी क्षेत्र तथा सहकारीको कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए । सयपत्री सहकारीका अध्यक्ष विजयनाथ बास्तोलाको अध्यक्षतामा भएको उक्त अवलोकन कार्यक्रम पश्चात अन्र्तक्रियामा सयपत्री सहकारीका सचिव धर्मदत्त ढुङ्गानाले सञ्चालन गरेका थिए भने सो अवसरमा सञ्चालक समितिका सदस्य पुरुषोत्तम पौडेल, राम गुरुङ, लेखा संयोजक भिमप्रसाद न्यौपाने, सयपत्रीका ब्यवस्थापक सूर्य घिमिरे, रिसेप्सनिष्ट कामना रञ्जित, कार्यालय सहायक राजेन्द्र बास्तोला लगाएतले सहकारीमा भए गरेका कार्यको बारेमा बताएका थिए ।

५ सय १० जना सेयर सदस्य रहेको सहकारीले आफ्ना सेयर सदस्यबीच सोलार प्लान्ट, आलुखेती, वातावरणमैत्री झोला वितरण, तालिम, गोष्ठी, अध्ययन अवलोकन भ्रमण जस्ता विभिन्न रचनात्मक कार्य गर्दै आएको सहकारीले बताएको थियो । सयपत्री सहकारीले रेमिट्यान्स सुविधा समेत प्रदान गरेको सो अन्र्तक्रिया कार्यक्रममा बताईएको थियो भने रामपुर सहकारीका टोली प्रमुख पाण्डेले १ हजारदेखि १ लाखसम्मको सेयर रकम तथा कुल ९६ लाखको सेयर पुँजी रहेको जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...