नेपाली परिवेशको कथा ‘अध्याय’

पोखरा, १९ पुस/केहि नयाँ प्रस्तुती, नेपाली नाम र नेपाली परिवेश कै कथा भएको फिल्महरुले पछिल्लो समय दर्शकहरुको मन जितिरहेको छ । र, यस्तै नेपाली फिल्महरु ‘कपि पेस्ट’ गरिएका नेपाली फिल्महरुभन्दा समग्रमा राम्रो चलेको पनि पाईन्छ ।

नेपाली फिल्म उद्योगमा पछिल्लो समय व्यापारिक रुपमा उल्का चलिरहेको बेला फिल्म उद्योगमा देखिएका नयाँ पुस्ता मानिएका केहि युवाहरुले बनाएको फिल्म ‘अध्याय’ प्रदर्शनको अन्तिम चरणमा पुगेको छ । बिल्कुल नेपाली नामको शिर्षक रहेको यो फिल्म पुरै नेपाली परिवेशमा आधारित रहेर बनाईएको निर्माण पक्षले दाबी गरेको छ ।

पुस २७ गतेदेखि अल नेपाल रिलिज हुने क्रममा रहेको यो फिल्मको प्रचारप्रसार स्वरुप यसको निर्माण टोली र कलाकारहरुको टोली देश दौडाहामा निस्केको छ । विहिबार पोखरा आईपुगेको टोलीमा रहेका नायक कर्माले यो फिल्मको बारेमा केहि खुलाशा गर्दै भने–‘अध्याय नितान्त नेपाली पन बोकेको फिल्म हो ।’

कमेन्टहरु
Loading...