गण्डकी प्रदेश: गुरुङ सरकार ढल्नेमा बिपक्षी ढुक्क

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत लिने समय नजिकिदै गर्दा पार्टी निर्णय बिपरीत गुरुङलाई समर्थन गर्दै आएका राष्ट्रीय जनमोर्चाको प्रदेश सांसदलाई जनमोर्चाले सांसद पदबाट निलम्बन गरेनछि गुरुङ सरकार ढल्नेमा बिपक्षी गठबन्धन ढुक्क बनेको छ ।

नयाँ सरकार समीकरणबारे माओबादी सासंद दीपक कोईरालाले गुरुङ सरकार ढल्न कसैले रोक्न नसक्ने बताए । कोइरालाले अब कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार बन्ने कुरामा दुइमत नभएको पनि बताए । नयाँ सत्ता समीकरण बारे जसपा सांसद हरिशरण आचार्यले नयाँ सरकार बन्ने निश्चित भयो । जनमोर्चा सांसदलाई कारबाहि गर्न दुइ सांसदले हस्ताक्षर गरिसकेकाले अहिले सबै पार्टीहरुमा गुरुङ सरकार हटाएर नयाँ सरकार बनाउने कुरामा एकमत रहेको आचार्यले बताए ।

आफ्नो सरकार बचाउनका लागि मुख्यमन्त्री गुरुङले जनमोर्चामा बिबाद सिर्जना खोजेको आरोप लगाउदै जनमोर्चाकी सांसद पियारी थापाले गुरुङ सरकार ढल्ने बताइन् ।

यता गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदबार बनेका कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ सरकार गठनका लागि श-शरिर सांसदहरुको हस्ताक्षर बुझाउने तयारी भइरहेको बताए । अब नयाँ बन्ने सरकारलाई कसैले रोक्न नसक्ने पोखरेलको दाबी थियो ।

कमेन्टहरु
Loading...