पोखरा १६, माघ/फेवातालका जलारीले लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेतालमा अबस्थीत जिर्ण अबस्थामा रहेको तालवराही मन्दीरको पुनः मर्मतको अभियानमा सहयोग गरेका छन ।हर्पन फेवा मत्स्य सहकारी संस्था खपौदी २ का अध्यक्ष सुब्वा जलारी सहितको ६ सदस्य टोलीले खाँस्टेतालमा रहेका माछा निकाल्न सहयोग गरेका हुन । उनीहरुले विहिबार ८० केजी बराबरको माछा निकाल्दा करीब १५ हजार रुपैया आम्दानी हुदा सो रकम मन्दिर मर्मतमा खचिने भएको मन्दीर निमार्णका अर्थ समिति संयोजक राजेश गुरुङले बताए ।

तिलापिया, रहु र कमन माछा तालबाट निकालिएको संस्थाका अध्यक्ष जलारीले बताए । उक्त तालमा माछाका भुराहरु छाडेर माछा पाल्न आग्रह गर्दै जलारीले तालसंरणमा सम्बन्धित पक्षको चासो जानुपर्ने बताए ।
खास्टेताल जनजाग्रिती महिला समुहले मन्दीर मर्मतको लागि अम्मरसिंहचोक, बुद्धचोकक्षेत्रमा संकलन गरेको १० हजार ४ सय ४६ रुपैया संकलन गरेको आमा समुहका अध्यक्ष विष्णुमाया बाँस्तोलाले बताईन । शिवरात्रीको अवसरमा फागुन १५ गते शिवधुनी लगाउनुका साथै दुध चढाउने कार्यक्रम समेत मन्दीरमा आयोजना गरीने भएको गुरुङले बताए ।