देउराली व्याण्डको छ वर्षपछि लाइभ पफर्मेन्स

पोखरा, १५ माघ/पोखराबाट उदाएको देउराली ब्याण्डले छ वर्षपछि लाइभ पफर्मेन्स दिएको छ । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा देउराली ब्याण्ड बुधबार लाइभ पफर्मेन्समा उत्रियो । सोक्रममा मेलामा सहभागी सयौं दर्शकलाई देउरालीका मेन भोकलिष्ट शान्तराज बज्राचार्य र तिलक गुरुङले झण्डै एक दर्जन गीत गाएर झुमाएका हुन् ।

व्याण्डको हालै निस्किएको एल्बम एन्कोरका गीतहरु केही कुरा भन्नु थियो, सुटुक्कै, राइफल थामिदियौलगायत लुकिचोरी, ढुंगेसाँघुको मेलामा चर्चित गीत प्रस्तुत गरिएको थियो । पोखरामा २०५२ सालमा स्थापित देउराली व्याण्ड चर्चित व्याण्ड हो । विदेशी मुलुकहरुमा आफ्नो प्रस्तुति दिइसकेको यस व्याण्डले अबका दिनमा लाइभ पफर्मेन्स गर्दै जाने व्याण्डका व्यवस्थापक राजु गुरुङले जानकारी दिए । देउरालीमा ड्रमरमा गुप्त गुरुङ, बेष्ट गिटारिष्टमा तेज केसी, लिड गिटारिष्टमा सुमन गुरुङ, ऋदममा करण, मादलमा बसन्त थापाको साथ छ ।

यसैबीच मेलामा क्रिष्टल मेट ब्याण्डले प्रस्तुति राखेको पप कन्सर्टका कार्यक्रम उपसमिति संयोजक गायक विनित जोजिजूले बताए । उनका अनुसार बिहीबार पोखरेली गायक धर्मेन्द्र सेवान, बिग आइकन मुस्कान रानाभाट, आजाद ढुंगानालगायतको प्रस्तुति रहने छ भने सुस्मिता डान्स सेण्टर पोखराले मोडर्न डान्सले देखाउने छ । बुधबार पनि उक्त डान्स सेण्टरले प्रस्तुत गरेको मोडर्न डान्समा दर्शकले प्रशस्त मनोरञ्जन लिएका थिए ।

कमेन्टहरु
Loading...