के पाउलान त मुख्यमन्त्रीले बिश्वासको मत ? वा मध्यावधी निर्वाचनमा जाला ?

सौगात पोखरेल

ठुलो दलको आधारमा मुख्यमन्त्री पदमा सपथ लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिने समय नजिकिदै गर्दा गुरुङले बिश्वासको मत प्राप्त गर्न सक्छन कि सक्दैनन् ? भन्ने बिषय अहिले गण्डकी प्रदेशको राजनीतिमा चर्चाको बिषय बनेको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टी निर्णय बिपरित गएर काँग्रेस नेतृत्वको सरकारलाई सहयोग नगरेपछि गण्डकी प्रदेशमा गुरुङकै नेतृत्वमा प्रदेश सरकार गठन भएको हो ।
गण्डकी प्रदेश संंसदमा आज पनि राष्ट्रिय जनमोर्चाको सांसदले काँग्रेस नेतृत्वको सरकार बनाउन आँफुले कुनै पनि हालतमा सहयोग गर्न नसक्ने बताउदै बिपक्षी गठबन्धनले जनताबाट निर्वाचित प्रतिनिधिको पद खोस्न लागेको आरोप समेत लगाए । थापाले संसदीय अभ्यासको नाममा बिपक्षी गठबन्धनले फोहोरी खेल खेलेको बताए । उनले गुरुङ सरकार काम गर्न सफल बनेको केहि उदारणहरु समेत दिन भ्याएका थिए ।

प्रदेशको राजनीति यहि अवस्थामा रह्यो भने मुख्यमन्त्री गुरुङ बिश्वासको मत नलिएर नयाँ सरकार निर्माणको बाटो खोलिदिने योजनामा छन् । तर यो बिचको समयमा मुख्यमन्त्री गुरुङ जसपाका सांसद फकाउने अभियानमा लागि रहेको स्रोतको दावी छ । गुरुङले प्रदेश सभालाई बचाउनका लागि आँफुलाई सहयोग गर्न जसपा नेताहरुसँग आग्रह गरेका छन् । आफ्नो नेतृत्वको सरकारमा सहभागी भएको खण्डमा गुरुङले भौतिक योजना र अर्थ मन्त्रालयसहित दुई मन्त्रालय दिने बाचा समेत गरेका छन् । तर राष्ट्रिय राजनीतिको प्रभावले गर्दा जसपाले मुख्यमन्त्री गुरुङलाई साथ दिने संभाबना छैन ।

जनमोर्चा सांसद कृष्ण थापाले काँग्रेस गठबन्धनलाई सहयोग नगर्ने अवस्थामा केन्द्र सरकारमा जस्तै गण्डकी प्रदेशमा पनि मध्याबधीमा जान सक्छ । तर थापालाई सकभर बिपक्षी गठबन्धनलाइे सहयोग गर्न लगाउने नसके उनको सांसद पद खारेज गराउने सम्मको अधिकार लिएर राष्ट्रिय जनमोर्चाको केन्द्रिय महासचिब मनोज भट्ट पोखरामा डेरा जमाएर बसेको स्रोतको दावी छ । तर जनमोर्चाका अर्का सांसद खि म बिक्रम साहिले पनि अन्तिम अवस्थामा काँग्रेस नेतृत्वको सरकार गठन प्रक्रियामा सहयोग नगर्ने बिषयमा मुख्यमन्त्री गुरुङ ढुक्क छन् ।

जनमोर्चा सांसद कृष्ण थापालाई सांसद पदबाट निलम्बन गरेर अर्का सांसद साहिलाई गठबन्धनको पक्षमा उतार्न सकेको खण्डमा मात्र काँग्रेस नेतृत्वको सरकार बन्न सक्छ । त्यो नभएको खण्डमा नेकपा (एमाले) माधब पक्षका सांसदले बिपक्षी गठबन्धनलाई सहयोग गरेको अवस्थामा पनि काँग्रेस नेतृत्वको सरकार बन्न सक्छ । तर गण्डकी प्रदेशमा त्यो अबस्था नरहेको जानकारहरु बताउँछन् ।

नयाँ सरकार गठन प्रक्रियामा निर्णायक रहेको जनामोर्चाका सांसदहरुको भुमिका के हुन्छ भन्ने कुराले नयाँ सरकार कस्को बन्छ भन्ने कुराको निर्धारण हुन्छ । गण्डकी प्रदेशको राजनीतिमा फेरबदल आएन भने गुरुङकै नेतृत्वमा मध्यबधी निर्वाचनमा जाने संभाबना भने धेरै छ ।

कमेन्टहरु
Loading...