कास्की लिगमा पोखरा भ्याली समूह ए को विजेता बन्दै नकआउटचरणमा, आजदेखि क्वाटरफाइनलका खेल सुरु

पोखरा, १५ माघ। पोखरा भ्याली स्पोर्टस् क्लब समूह चरणको अन्तिम खेलमा एबीसीलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्ने अन्तिम टीम बन्न पुगेको छ। बराबरी खेलेमात्रै पनि पयाप्त हुने बुधबारको खेलमा एबीसीलाई ३–२ ले पराजित गर्दै पोखरा भ्याली बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेबडुल लिग फुटबल प्रतियोगिताको नकआउटचरणमा प्रवेश गरेको हो। तीन खेलमा जीत तथा एक बराबरी खेलेको पोखरा भ्याली १० अड्ढसहित समूह विजेता बन्दै नकआउटचरणमा प्रवेश गरेको हो भने यसअघि नै नकआउटचरणको स्थान बनाइस्केको लेकसाइड समान अड्ढ भए पनि गोलअन्तरमा उपविजेता बन्यो।पोखरा भ्यालीको जीतमा विवेक गुरुङले दुई तथा प्रवीन गुरुङले एक गोल गरे।एबीसीको लागि राजकुमार गुरुङ र दिलु थापाले एक–एक गोल गरेका थिए। हारसँगै एबीसी पनि लिगचरणबाटै बाहिरिने अन्तिम टीम बन्न पुग्यो।नकआउटचरणमा प्रवेश गर्न एबीसीलाई खेल जित्नैपथ्र्यो।

प्रतिष्ठाको लागि खेलिएको दोस्रो खेलमा इन्द्रेणी क्लबले नयाँगाउँ युथ क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित ग¥यो।इन्द्रेणीको जीतमा रबिन गुरुङले दुई तथा राकेश गुरुङ, सुमन गुरुङ र हिटलर घलेले एक–एक गोल गरेका थिए। नयाँगाउँको लागि सान्त्वना गोल विनोद गुरुङले गरेका थिए। योसँगै बुधबारदेखि लिगचरणका सम्पूर्ण खेल सम्पन्न भएका छन्।

जम्मा ३२ खेलमा ४० वटा एलोकार्ड वितरण भए भने यो अवधिमा एक सय तीन गोल भए। कुनै पनि खेल नजितिकन समूह चरणबाट बाहिरिनेमा डेभिजफल, भदौरे, विष्णुपादुका र नयाँगाउँ युथ क्लब रहे। खेल जित्दै सतप्रतिशत अड्ढ जोड्ने कुनै पनि टीम बनेनन्।एउटै खेलमा डबल एलो (रेड) कार्ड खानेमा कुनै पनि खेलाडी बनेन।प्रोटेस्ट लागेपछि पछिल्ला दुवै खेल गुमाउनेमा हेमजाको विष्णुपादुका क्लब बन्यो।लिगचरणमा सबैभन्दा धेरै गोल गर्नेमा आदर्श युवा क्लब भण्डारढिक बन्यो। उसले १७ गोल गर्दै मात्र तीन गोल खायो।

कमेन्टहरु
Loading...